- अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ, ०७ वैशाख । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । अहिलेसम्म मासिक रूपमा दिइँदै आएको तलब सुविधा आगामी दिनमा अर्धमासिक (महिनामा दुई पटक) रूपमा वितरण गरिने भएको हो ।
मन्त्रालयबाट जारी पत्रअनुसार यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइएको छ ।
हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए । तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’