घुस मुद्दामा बयान फेरेको आरोपमा निर्माण व्यवसायीविरुद्ध मुद्धा दायर
७ बैसाख, २०८३, सोमवार
- आयोगका अनुसार काभ्रेको बनेपा नगरपालिका–३ का हिमाल तराई कन्सट्रक्सनका सञ्चालक राजमान तामाङले यसअघि अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेका थिए । सोही आधारमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मुद्दामा बयान फेरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार काभ्रेको बनेपा नगरपालिका–३ का हिमाल तराई कन्सट्रक्सनका सञ्चालक राजमान तामाङले यसअघि अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेका थिए । सोही आधारमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।
यसअघि नेपाल सरकारविरुद्ध चन्द्रबहादुर अधिकारीसमेत संलग्न घुस प्रकरणमा तामाङलाई सरकारी साक्षीका रूपमा पेश गरिएको थियो । अनुसन्धानमा सहयोग गरेकाले उनलाई सजाय छुट दिइएको थियो । तर, विशेष अदालतमा उनले दिएको बयान अनुसन्धानका तथ्यसँग मेल नखाने देखिएको आयोगले जनाएको छ ।
अनुसन्धानबाट नेपाल बैंकसँग सम्बन्धित ऋण मिलाइदिने नाममा पाँच लाख रुपैयाँ घुस लेनदेन भएको तथ्य खुलेको आयोगको दाबी छ । उक्त रकमसम्बन्धी चेक पनि बरामद भएको उल्लेख गरिएको छ ।
आयोगले तामाङले गैरकानुनी लाभ लिन सहयोग गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसारकारबाहीको माग गरेको छ । पाँच लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र घुस रकम जफतको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार
-
खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐन बारे छलफल
-
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।