नेपालमा बर्डफ्लुको महामारी : १ लाख ३० हजारभन्दा बढी पंक्षी नष्ट
२०८३ वैशाख ०६ आइतवार
- जिल्लाअन्तर्गत सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको थियो, जुन अहिले अन्य प्रमुख पोल्ट्री क्षेत्रहरूमा समेत विस्तार भएको छ ।
काठमाडौं: नेपालमा बर्डफ्लुको संक्रमणले उग्र रूप लिएको छ । नेपाल सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीद्वारा सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदन अनुसार, २०८३ वैशाख १ गतेसम्म मुलुकका विभिन्न ६ जिल्लामा संक्रमण फैलिसकेको छ ।
यस आर्थिक वर्षको पहिलो संक्रमण गत २०८२ चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्लाअन्तर्गत सुन्दरहरैँचा–४ र उर्लाबारी–८ बाट सुरु भएको थियो, जुन अहिले अन्य प्रमुख पोल्ट्री क्षेत्रहरूमा समेत विस्तार भएको छ ।
हालसम्मको तथ्याङ्क अनुसार देशका कुल ३३ वटा पोल्ट्री फार्महरूमा बर्डफ्लु पुष्टि भइसकेको छ । संक्रमण थप फैलिन नदिन र नियन्त्रण गर्नका लागि सरकारले हालसम्म देशभर कुल १ लाख ३० हजार ९१२ वटा पंक्षी नष्ट गरिसकेको छ । पंक्षीका साथै २ लाख ३७ हजार ५६२ वटा अण्डा र ३३ हजार ४४५ केजी दाना समेत सुरक्षाका साथ खाल्डोमा पुरेर नष्ट गरिएको छ ।
जिल्लागत रूपमा हेर्दा सुनसरीमा सबैभन्दा बढी १७ वटा फार्म प्रभावित भएका छन् भने पक्षी नष्ट गरिएको संख्याका आधारमा मोरङ जिल्ला सबैभन्दा बढी मारमा परेको छ, जहाँ १० वटा फार्मका ५३ हजार ७२१ पक्षी मारिएका छन् ।
संक्रमण फैलिएका अन्य जिल्लाहरूमा चितवन, झापा, बारा र नवलपरासी (पश्चिम) रहेका छन् । चितवनको एउटै फार्ममा १८ हजार ८६३ पक्षी नष्ट गरिएको छ भने झापाका ३ फार्ममा १५ हजार ३९० पक्षी मारिएका छन् ।
त्यसैगरी बारामा २ हजार ८६५ र नवलपरासी (पश्चिम) मा २०८ वटा पक्षी नष्ट गरिएको छ । रोगलाई अन्य जिल्लाहरूमा फैलिन नदिन सरकारका तीनै तहका सरकारबीच समन्वय गरी सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणका उपायहरू अपनाइएको छ । संक्रमण देखिएको क्षेत्रलाई सिल गरी स्रोतमै रोग नियन्त्रण गर्ने र आवश्यक हस्तक्षेपकारी कदमहरू चालिएको सम्बन्धित निकायले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।