- जेनजी प्रकाश बमले जेनजी आन्दोलनको बलबाट आएको बालेन सरकार सिंहदरबारमा सर्बसाधारणलाई निषेध गरिएको भन्दै तानाशाही कदमतिर उद्धत आरोप लगाए । जेनजी जनम सिंहले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
काठमाडौं: राष्ट्रि जेनजी नगरिक अभियानले नेपाल आयाल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिलाई नघटाए आयल निगमलाई घेर्ने चेतावनी दिएको छ ।
राष्ट्रि जेनजी नगरिक अभियानका संयोजक सुनिल सिंहले पेट्रोलियम पदार्थको मूल्य २४ घण्टाभित्र समायोजन नगरे आयल निगम घेराउ गर्ने चेतावनी दिए । ‘जनतालई पुरानाहरुको जन्जालबाट मुक्त गर्छु भन्ने नयाँहरुले जनतालाई महँगिको भारले थिच्ने, दुई तिहाईको उपहारले यहीँ हो’, सिंहले प्रश्न गरे । ‘यदि सरकारले जनताको आवाज सुनेन भने आयल निगमको अस्तित्व समाप्त गर्न सघर्ष गर्नेछौं,’ सिंहले चेतावनी दिँदै भने ।
सह–सम्योजक अजय सोडारीले छिमेकी देशहरुमा पेट्रोलियम पदार्थको मूल्य यथावथ भए पनि नेपालमा अत्याधिक मूल्य वृद्धि गरिएकोप्रति आपत्ति जनाएका छन् । ‘छिमेकी भारतमा पेट्रोलको मूल्य ९५ रुपैयाँ हुँदा नेपालमा २ सय १९ हुनु लाजमर्दो विषय हो,’सोडारीले भने ।
५० प्रतिशत कर छुट भनेर जनतामाथि महँगी थोपरिएको आरोप लगाउँदै सोडारीले भने,‘कर छुटको नाटक गर्ने सरकार र आयल निगमलाई घेराउ गर्न नपरोस् ।’
दुई तिहाइको सरकारले जनतालाई न्याय देलान् भन्ने अपेक्षाकाबीच पेट्रोलियम पदार्थमा अस्वभाविक मूल्य वृद्धि गरेको बताउँदै सोडारीले भने,‘पेट्रोलको प्रतिलिटर –१५७ बाट २१९ गएको छ, डिजेलरमट्टितेलमा १४२ बाट २३७ पुगाएर सरकारले आफ्नो शक्ति देखाइदियो ।’
सरकारको जनविरोधी कार्यको व्यापक विरोध गर्नुको सट्टा सबै मौन रहेकोप्रति रोष व्यक्त गर्दै सोडारी भन्छन्,‘महँगी बढेको बडेई छ, मानौं यो सरकार र जनताको लागि मौन अवधि हो, यस्तो हुँदा पनि सबै चुपचाप छन् ।’
परराष्ट्र र कुटनीति खलवलिँदै गएको, कालापानि लिपुलेकको भूमि अरु देशले नै प्रयोग गर्न लागिरहँदा सबै चुपचाप रहेको भन्दै आक्रोश व्यक्त गरे । ‘हामि लास र दाष होइनौं, हाम्रो विवेक छ, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको अपहरण सैह्य छैन, जनजीविका र जनताका आधारभूत समस्यामा हामी एक दिन त के, एक घण्टा पनि कुर्न तयार छैनौँ’, सोडारीले भने ।
जेनजी प्रकाश बमले जेनजी आन्दोलनको बलबाट आएको बालेन सरकार सिंहदरबारमा सर्बसाधारणलाई निषेध गरिएको भन्दै तानाशाही कदमतिर उद्धत आरोप लगाए । जेनजी जनम सिंहले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
जेनजी सुसिल बुढाथोकीले इन्धनको मूल्यलाई स्थिर नराखे सबैतिर महँगी आकाशिने भएकाले तत्काल मूल्य घटाउनुपर्ने बताए । जेनजी अनिष त्रिपाठीले पेट्रोलियम पदार्थको अस्वभाविक मूल्य वृद्धिले दुई तिहाईको बालेन सरकारले जनताको आशा र भरोसामाथि कुठाराघात गरेको जिकिर गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
०७२ विनाशकारी भूकम्प : दशक वित्यो पीडा र सम्झना ताजै, सरकार के गर्दैछ ?
-
गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली, ‘घण्टी’मा भोट दिएकोप्रति पश्चाताप
-
थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो
-
विदेशी मुद्राको सटहीदर: २०८३ वैशाख १२ शनिवार
-
विश्व औलो दिवस आज मनाइँदै
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।