- जिल्ला प्रहरी कार्यालय सर्लाहीले चैत महिनामा जिल्लाभर १ सय ३२ वटा आपराधिक घटना दर्ता भएको जनाएको छ ।
सर्लाही, ०५ वैशाख । जिल्ला प्रहरी कार्यालय सर्लाहीले चैत महिनामा जिल्लाभर १ सय ३२ वटा आपराधिक घटना दर्ता भएको जनाएको छ ।
सर्लाहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार ज्यानसम्बन्धी, चोरी, सामाजिक तथा सवारी ज्यानसँग सम्बन्धित विभिन्न मुद्दा दर्ता भएका छन् । यसैगरी, बैंकिङ कसुर, जुवातास, ठगी र हातहतियारसम्बन्धी ३५ वटा गम्भीर प्रकृतिका मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।
अनुसन्धान र कारबाहीका क्रममा सोही अवधिमा ९६ जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले १५ वटा पुराना मुद्दा फछ्र्योट गरेको जनाएको छ । फैसला कार्यान्वयनका क्रममा ५ जना पक्राउ परेका छन् । उनीहरूबाट ८ वर्ष ४ महिना कैद सजाय र २० हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी दर्ता भएका छन् । हराएका ३२ जनामध्ये १६ जना फेला पारिएको र बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ ।
लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले ३७३.९५० केजी गाँजासहित अन्य लागूऔषध बरामद गर्दै ८ जनालाई पक्राउ गरेको छ । यसैबीच, चैत महिनामा १८ जनाले जिल्लामा आत्माहत्या गरेका छन् । उक्त तथ्यांकले चिन्ता बढाएको छ । यस्तो घटना १६–२५ र २६–३५ वर्ष उमेर समूहमा बढी देखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।