- सुनसरीको बर्जु गाउँपालिका–६ बर्जुतालको पूर्वी गेट इलाकाबाट गैडाको खाग जस्तो देखिने बस्तुसहित चार जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, ०४ वैशाख । सुनसरीको बर्जु गाउँपालिका–६ बर्जुतालको पूर्वी गेट इलाकाबाट गैडाको खाग जस्तो देखिने बस्तुसहित चार जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
केही व्यक्तिहरुद्वारा खागको अवैध कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
मोलमोलाई गरिरहेकै अवस्थामा उल्लेखित वस्तुसहित बर्जु गाउँपालिका–६ चिमडी बस्ने ३९ बर्षिय राजेशकुमार उराउ, ३१ बर्षिय जीवन चौधरी, सोही गाउँपालिका–५ अमाहीबेला बस्ने ३३ बर्षिय रविनकुमार यादव र मोरङ जिल्लाको पथरीशनिश्चरे नगरपालिका–१ फिल्महल लाइन बस्ने ४७ बर्षिय नारायणप्रसाद घिमिरेलाई नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरीले उनीहरुलाई उल्लेखित बस्तु तथा प्र १–०३–००१ प ०२२८ र को ३६ प ६२१८ नम्बरको मोटरसाइकल, ४ थान मोबाइल सेट तथा करीब ६ हजार रुपैयाँसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान लागि जिल्ला वन कार्यालय इनरुवा सुनसरीमा बुझाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’