काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त र शाखा अधिकृतविरुद्ध मुद्धा दायर
४ बैसाख, २०८३, शुक्रवार
- अनुसन्धानका क्रममा मिति २०६२ पुस २९ गतेको उक्त पत्र नक्कली तथा झुट्टा भएको पुष्टि भएको आयोगले जनाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण र सम्बन्धित कार्यालयको विवरणबाट पनि उक्त कागजात वास्तविक नभएको देखिएको छ ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगरका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र शाखा अधिकृत (करार) याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार कार्कीले अनुसन्धानका क्रममा पेश गरेको एक सरकारी पत्र शंकास्पद देखिएपछि छानबिन गरिएको थियो । उक्त पत्रमा कार्यालयको काममा असर नपर्ने गरी बिहान-बेलुका अतिरिक्त काम तथा अध्ययन-अध्यापन गर्न अनुमति दिएको उल्लेख थियो, तर सो पत्रमा चलानी नम्बर नदेखिएको र अभिलेखमा पनि दर्ता नभएको पाइएको छ ।
अनुसन्धानका क्रममा मिति २०६२ पुस २९ गतेको उक्त पत्र नक्कली तथा झुट्टा भएको पुष्टि भएको आयोगले जनाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण र सम्बन्धित कार्यालयको विवरणबाट पनि उक्त कागजात वास्तविक नभएको देखिएको छ ।
आयोगका अनुसार दुवै आरोपितले मिलेमतोमा सरकारी कागजात, लेटरप्याड र छापको दुरुपयोग गरी गलत लिखत तयार पारेका हुन् । उक्त कागजात प्रयोग गरेर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्ने र भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताइएको छ ।
यसरी गलत लिखत तयार गरी प्रयोगमा ल्याउनु भ्रष्टाचार निवारण ऐन २०५९ अनुसारको कसुर भएको भन्दै दुवैविरुद्ध कैद र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।