काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३ बैसाख, २०८३, बिहिवार
सारांश
  • आयोगले १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौँमा आरोपपत्र पेश गरेको हो ।

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

आयोगले १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौँमा आरोपपत्र पेश गरेको हो ।

 

आयोगका अनुसार तिवारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्य गर्दै अवैध रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा २०४४ साल भदौ १९ गतेदेखि २०७८ साल वैशाख ९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो ।

 

उक्त अवधिमा तिवारी तथा उनको परिवारले विभिन्न स्रोतबाट आर्जन गरेको कुल वैध आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँ देखिएको छ । तर सोही अवधिमा घरजग्गा खरिद, निर्माण, शेयर लगानी, बीमा, सामाजिक खर्चलगायत शीर्षकमा २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ ।

 

आयोगका अनुसार कुल आयभन्दा खर्च तथा लगानी बढी देखिएकाले १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । 

 

त्यस्तै, सो सम्पत्ति श्रीमती मीना देवी तिवारी र छोरी मीरा तिवारीको नाममा समेत रहेको पाइएको भन्दै उनीहरूलाई समेत प्रतिवादी बनाइएको छ ।

 

आयोगले तिवारीसहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार