नयाँ वर्षमा सुशीला कार्कीको शुभकामना :राष्ट्रिय हितका लागि मिलेर अघि बढौँ
२०८३ वैशाख ०१ मङ्गलवार
- निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिएकी छिन् ।
काठमाण्डौ, ०१ वैशाख । निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिएकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएकी हुन् । राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ ।
उनले लेखेकी छिन्,‘नयाँ वर्ष २०८३ का अवसरमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु । बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् । राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि हामी सबै मिलेर अघि बढ्न सकौँ । नयाँ वर्षले हामी सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह लिएर आओस् । हार्दिक मंगलमय शुभकामना ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’