ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

२०८२ चैत्र ३० सोमवार
सारांश
  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार ओलीको शल्यक्रिया गरेका हुन् ।

काठमाडौँ: पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।


त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार ओलीको शल्यक्रिया गरेका हुन् ।


चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीमा करिब २२ एमएम आकारको ढुंगा सफलतापूर्वक निकालिएको छ।


यसअघि, चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य समस्या देखिएपछि सोही दिन बिहान अस्पताल भर्ना गरिएको थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार