उपत्यकामा २४ घण्टामा १ हजार ७ सय १९ चालक ट्राफिक कारबाहीमा
२०८२ चैत्र २८ शनिवार
- बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन गर्ने १,७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् ।
काठमाण्डौ, २८ चैत्र । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघन गर्ने १,७१९ जना चालक ट्राफिक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ११३ जना, यान्त्रिक अवस्था ठीक नभएका ३५ जना, सिग्नल बत्ती उल्लंघन गर्ने १०२ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना चालकलाई कारबाही गरिएको हो ।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १७९ जना, सार्वजनिक सवारी साधन असुरक्षित रूपमा सञ्चालन गर्ने ३८ जना, अनावश्यक रूपमा हर्न बजाउने ४६ जना तथा निर्धारित स्थानमा यात्रु चढाउने-ओराल्ने नियम उल्लंघन गर्ने २० जना चालक पनि कारबाहीमा परेका छन् । अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १,०९३ जना समेत कारबाहीमा परेका छन् ।
कारबाहीबाट कुल ११ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरी राज्यकोषमा दाखिला गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।