जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवा ८ महिनापछि सर्लाहीबाट पक्राउ
२०८२ चैत्र २७ शुक्रवार
- जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, २७ चैत्र । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका – ९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनिल बरहीलाई बिहीबार बिहान करिब ७ बजे नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मलंगवा नगरपालिका – १२ निवासी बरही भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागार कार्यालय सिन्धुलीको पर्खाल फुटाई फरार भएका थिए । उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका फरार प्रतिवादी हुन् ।
सर्लाही प्रहरीका अनुसार २०७८ चैत २० गते साँझ मलंगवा – १२ का ८ वर्षीय बालक मिठु भन्ने आकाश कुमार ठाकुरको अपहरणपछि हत्या गरिएको घटनामा बरहीको संलग्नता रहेको छ । आरोपितले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ लाख रुपैयाँ फिरौती माग्दै बालकलाई अपहरण गरी एक घरको कोठामा बन्धक बनाएका थिए ।त्यसपछि बालकको घाँटी गम्छाले कसी हत्या गरिएको थियो । त्यसपछि शवलाई प्लास्टिकको बोरामा राखी छिमेकीको घरको शौचालयको सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा फेला परेको थियो ।
पक्राउ परेका बरहीमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’