चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर

२७ चैत्र, २०८२, शुक्रवार
सारांश
  • आयोगका अनुसार तत्कालीन प्रशासन अधिकृत शंकर थापा, कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङ गलकोटका हिमबहादुर बस्नेत थापा मिलेमतोमा संलग्न रहेको पाइएपछि विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीस्थित सवारी चालक अनुमतिपत्र कार्यालयमा भएको अनियमितता प्रकरणमा तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

आयोगका अनुसार तत्कालीन प्रशासन अधिकृत शंकर थापा, कम्प्युटर अपरेटर जगत ढकाल र बागलुङ गलकोटका हिमबहादुर बस्नेत थापा मिलेमतोमा संलग्न रहेको पाइएपछि विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो ।

 

अनुसन्धानका क्रममा हिमबहादुर बस्नेत थापाको नाममा ए र बी वर्गको पुरानो सवारी चालक अनुमतिपत्र जारी नभएको तथ्य हुँदाहुँदै सरकारी अभिलेखमा गैरकानुनी रूपमा विवरण सच्याएर नयाँ अनुमतिपत्र तयार गरिएको खुलेको छ। उनीहरूले विद्युतीय र कागजी अभिलेखमा हेरफेर गरी झुट्टा विवरण प्रविष्ट गर्दै २० वर्षसम्म मान्य रहने अनुमतिपत्र बनाएको आयोगले जनाएको छ ।

 

सोही आधारमा २०७८ चैत १५ गते अनुमतिपत्रको प्रतिलिपिसमेत उपलब्ध गराइएको पुष्टि भएको छ । आयोगले सरकारी अभिलेखमा किर्ते गरी भ्रष्टाचार गरेको निष्कर्षसहित तीनै जनालाई कानुनबमोजिम सजाय माग गर्दै मुद्दा दायर गरेको जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार