सुन तस्करीको आरोपमा पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध मुद्धा दायर
२६ चैत्र, २०८२, बिहिवार
- जफत गरिएको सामग्रीसमेत नियमानुसार गोदाममा नराखी कार्यालय प्रमुखकै कार्यकक्षमा राखिएको, पछि मिलेमतोमा सामग्री साटफेर गरिएको तथा सुन निकालेर खाली वस्तु राखिएको अनुसन्धानमा खुलेको छ । केही सामग्री बाहिर लैजाँदा परीक्षण गर्दा उच्च शुद्धताको सुन रहेको समेत पुष्टि भएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जना र एक कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार सुन तस्करसँग मिलेमतो गरी भन्सारका कर्मचारी तथा उच्च पदाधिकारीहरूलाई प्रभावमा पार्दै ठूलो मात्रामा राजस्व चुहावट गराइएको र अवैध सम्पत्ति आर्जन गरिएको आरोप लागेको छ।
अनुसन्धानबाट २०७९ पुस १० गते दुबईबाट आएको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोंगले दुई वटा सुटकेसभित्र विद्युतीय चुरोटजस्तो देखिने सामानमा सुन लुकाई ल्याएको पाइएको छ । प्रारम्भिक एक्स-रे जाँचमा शंकास्पद देखिए पनि आवश्यक कडाइका साथ परीक्षण नगरी सामग्री जफत गरिएको देखिएको छ ।
जफत गरिएको सामग्रीसमेत नियमानुसार गोदाममा नराखी कार्यालय प्रमुखकै कार्यकक्षमा राखिएको, पछि मिलेमतोमा सामग्री साटफेर गरिएको तथा सुन निकालेर खाली वस्तु राखिएको अनुसन्धानमा खुलेको छ । केही सामग्री बाहिर लैजाँदा परीक्षण गर्दा उच्च शुद्धताको सुन रहेको समेत पुष्टि भएको छ ।
आयोगले पूर्व सभामुख महराले आफ्ना छोरा राहुलमार्फत विदेशी नागरिकहरूसँग समन्वय गरी भन्सार अधिकारीहरूलाई प्रभावमा पारी उक्त सुन गैरकानुनी रूपमा बाहिर निकाल्ने प्रयास गरेको आरोप लगाएको छ । यसका लागि पटक–पटक भेटघाट र सम्पर्क गरिएको पनि उल्लेख गरिएको छ।
उक्त सुन पछि विभिन्न व्यापारीमार्फत बिक्री गरिएको र प्राप्त रकम विभिन्न व्यक्तिका नाममा जम्मा गरी सम्पत्ति रूपान्तरण गरिएको अनुसन्धानबाट खुलेको छ । कुल ८ हजार ४८० ग्रामभन्दा बढी सुन हिनामिना गरी करिब ७ करोड ७८ लाख रुपैयाँ बराबरको क्षति पुर्याइएको आयोगको दाबी छ ।
आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल, भन्सार अधिकृत रमेश कुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा के.सी., नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेश प्रसाद कोईराला, नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोख्रेल, पूर्व सभामुख कृष्ण बहादुर महरा, राहुल भन्ने रेशम महरा, निर्मल कुमार वि.क., लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक ली हांग सोंग र डाओजंग वांग, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र डेक्सटर ट्राभल्स एण्ड टूर्सविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनअनुसार सजाय माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।