घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्धा दायर

२०८२ चैत्र २५ बुधवार
सारांश
  • सेवाग्राहीबाट ९३ हजार ८५० रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

आयोगका अनुसार दाहालले विभिन्न आपूर्तिकर्ता कम्पनी र ठेकेदारको बिल भुक्तानी गर्दा घुस लिने गरेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। सोही आधारमा टंगालस्थित आयोगको टोलीले उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

 

अनुसन्धानका क्रममा दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने प्रक्रियामा गैरकानुनी लाभ लिन योजनाबद्ध रूपमा विभिन्न कम्पनीका प्रतिनिधिसँग मोलमोलाइ गरी घुस लिएको खुलेको छ । सेवाग्राहीबाट ९३ हजार ८५० रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

 

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर हुने भन्दै आयोगले सोही रकम बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार