- विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ ।
काठमाण्डौ, २४ चैत्र । विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ ।
यस बर्षको विश्व स्वास्थ्य दिवस २०२६ को विषयवस्तु 'स्वास्थ्यको लागि सँगै: विज्ञानको साथ खडा' रहेको छ । अप्रिल ७ मा मनाइने यो अभियानले वैज्ञानिक प्रमाणहरूमा विश्वास गर्ने, विश्वव्यापी सहयोगलाई बढावा दिने र मानिस, जनावर, बोटबिरुवा र ग्रहको स्वास्थ्यको रक्षा गर्न 'एक स्वास्थ्य' दृष्टिकोण बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।
विश्वमा १ करोड ३० लाख मानिसको वातावरणद्धारा उत्पन्न समस्याका कारण मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य संकटको सामना गर्नुपर्ने अवस्था रहेको डब्लुएचआले उल्लेख गरेको छ । विशवमा कोराना महामारीको चुनौतीसंगै प्रदुषित वातावरणका कारण हुने क्यान्सर, दम, मुटुरोग, जस्तो चुनौती छन् ।
सबै नागरिकमा स्वच्छ खानेपानी तथा सरसफाई, खाद्य सुरक्षा, स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्दै सर्वसुलभ स्वास्थ्य सेवामा सबैको समान पहुँच पुर्याउन नेपाल सरकारले निरन्तर चुनौतीको सामना गरिरहेको छ ।
पछिल्लो समय अधिकांस मानिसहरु डिप्रेसनको शिकार हुने गरेका छन् । डिप्रेसनको रोगीको संख्या घटाउन नेपालमा गरिबी र बेरोजगारी समस्या समाधान गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।