फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

२२ चैत्र, २०८२, आइतवार
सारांश
  • अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ् गरिरहेका उनीहरु सो तालको बीच भागमा फसेका थिए । उनीहरु  तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक बिशाल घ.म.को कमाण्डको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

काठमाडौँ: कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बीच भागमा अलपत्र परेका ११ जनाको चैत्र २२ गते दिउँसो करीव सवा ४ बजे सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

 

अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ् गरिरहेका उनीहरु सो तालको बीच भागमा फसेका थिए । उनीहरु  तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक बिशाल घ.म.को कमाण्डको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

 

उद्धार गरिएकाहरुमा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षिय सागर भुजेल, २० वर्षिय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षिया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण–३ बाग्लुङ बस्ने २१ वर्षिया सन्जिता पुन, २० वर्षिया सुमिना तामाङ, २२ वर्षिया सुष्मा पुन, २० वर्षिया संजिता मगर, १९ वर्षिया रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षिय आयान, २८ वर्षिय अश्लाम र २६ वर्षिय स्याडब रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार