सागर लम्साल ‘बले’ माथि लाग्यो बलात्कारको आरोप

२०८२ चैत्र २० शुक्रवार
सारांश
  • कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ ।

काठमाडौं: बले भनेर चिनिने कलाकार सागर लम्सालमाथि बलात्कारको आरोप लागेको छ ।
अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको पीडित युवतीले फेसबुकमार्फत बताएकी छन् ।


पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन् ।


कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ ।


सागर लम्साललाई समेत ट्याग गरिएको उक्त पोस्टअनुसार दुवै जनाबीच पारिवारिक रूपमै चिनजान थियो । युवतीले उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन् । लम्साल अमेरिका गएका बेला युवतीसँग भेट भएको थियो ।


नेपाल हुँदादेखि नै एन्जाइटी र डिप्रेसनजस्तो मानसिक समस्यासँग जुधिरहेको बताउने युवतीले आफ्ना बुबाको सुझावपछि नै लम्साललाई भेटेकी थिइन् ।


उनको यो पोस्टपछि धेरैले प्रतिक्रिया दिएका छन् । कमेन्टमा लम्साललाई पनि थुप्रैले प्रश्न गरेका छन् । तर लम्सालले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । मोबाइल फोन पनि रिसिभ भएन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार