पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

२०८२ चैत्र २० शुक्रवार
सारांश
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

काठमाण्डौ, २० चैत्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।

 

मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर २०२ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर १८२ पर्ने भएको छ ।

 

निगमले मार्च १६ देखि ३१ सम्म भारतबाट बढेर आएको इन्धनको मूल्यका कारण निगमलाई १३ अर्ब २१ करोड घाटा भएको बताएको छ ।

 

यो समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४.३६ र डिजलमा १२०.५४ रुपैयाँ घाटा रहेको बताएको छ । साथै एलपी ग्याँस प्रति सिलिण्डर ४१६.३७ घाटा रहेको निगमले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार