बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सकियो, प्राविधिक काम धमाधम
२०८२ चैत्र १० मङ्गलवार
- संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सम्पन्न भएपनि प्राविधिक काम बाँकी रहेको बताएका छन् ।
काठमाण्डौ, १० चैत्र । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सम्पन्न भएपनि प्राविधिक काम बाँकी रहेको बताएका छन् ।
मंगलबार नयाँ संसद भवनस्थित बहुउद्देश्यीय हलको अवलोकन गर्दै उनले हालको प्राविधिक तयारी भोलि बेलुकासम्म पूरा हुने अपेक्षा गरिएको छ । उनले सुरक्षा व्यवस्थापनको काम भने सम्पन्न भइसकेको जानकारी दिए । उनले भने, ‘भौतिक पूर्वाधारको काम सकिएपनि प्राविधिक काम बाँकी छ । जुन भोली बेलुकासम्म तयार हुन्छ । सुरक्षाको व्यवस्थापनको काम पनि सकिएको छ । राम्रो र गुणस्तर सेवामा चाँही समस्या देखिएको छ । सभामुखको कुर्सी, सचिवालय स्थानदेखि सबै सानो आकारमा छ ।’
गिरीले सेवा तथा गुणस्तरका केही पक्षमा भने सुधार आवश्यक रहेको उल्लेख गरे । उनले हालका लागि अर्को विकल्प नभएको स्पष्ट पार्दै प्रतिनिधिसभाको स्थायी हल कहिले निर्माण सम्पन्न हुन्छ भन्ने निश्चित अवस्था नरहेको बताए । निर्माण कार्य जारी रहेकाले सांसदहरूको सपथ ग्रहण र पहिलो अधिवेशन यही बहुउद्देश्यीय हलमै सञ्चालन हुने सम्भावना रहेको उनको भनाइ छ । ‘हामीसँग अर्को विकल्प थिएन र छैन पनि । प्रतिनिधिसभाको हल कहिले बन्छ भनेर भन्न सकिने अवस्था पनि छैन् । निर्माण कार्य जारी नै छ । सपथ यही र पहिलो अधिवेशन यही नै बित्ने जस्तो देखिन्छ ।’ सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको छैटौँपटक म्याद थपेर निर्माणको काम भइरहेको छ ।
२१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सांसदले निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा विहीवार शपथ लिंदैछन् । सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने कार्यक्रम छ । केसीले २७४ सांसदलाई शपथ गराउने कार्यसूची तय भैसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’