- आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आइएको छ ।
काठमाण्डौ, ०८ चैत्र । आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आइएको छ ।
यस बर्षको विश्व पानी दिवसको विषयवस्तु 'पानी र लिङ्ग' रहेको छ, जसको साथमा 'जहाँ पानी बग्छ, समानता बढ्छ' भन्ने अभियानको नारा पनि रहेको छ । यस अभियानले पानीको पहुँच, सरसफाइ र लैङ्गिक समानताको महत्वपूर्ण अन्तरसम्बन्धलाई दर्शाउछ, जसले पानीको अभाव र संरचनात्मक अवरोधहरूबाट कसरी असमान रूपमा प्रभावित हुन्छन् भन्ने कुरामा यो नारा केन्द्रित रहेको छ ।
नेपालमा यस वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व जल दिवस मनाइँदै छ । पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन सम्बन्धी विभिन्न कार्यक्रमहरु हुने गर्छन् । विभिन्न अध्ययनका अनुसार पृथ्वीको झण्डै तीन चौथाई हिस्सा पानीले भरिएको छ । तर, यसमध्ये तीन प्रतिशत मात्रै पानी पिउन योग्य छ । विश्वमा पिउने पानीको समान वितरणमा चुनौती थपिदै गएको छ । विश्वकै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपालमा पिउने पानीको अभाव छ । पानीका मुहान र स्रोतको संरक्षण नहुँदा समस्या दिन प्रतिदिन बढिरहेको छ ।
अव्यवस्थित विकास निर्माणका कारण भविष्यमा पानीको संकट पर्न सक्ने भन्दै यस बारे सचेतना जगाउन सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले जल दिवस मनाउने घोषणा गरेको थियो । त्यस पछि सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’