राष्ट्रिय परिचयपत्र र नागरिकताका लागि छुट्टाछुट्टै फारम भर्ने झन्झट हट्यो

८ चैत्र, २०८२, आइतवार
सारांश
  • गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता शुरु भएको जानकारी दिएका हुन् ।

काठमाडौं: केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता शुरु भएको छ ।

 

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता शुरु भएको जानकारी दिएका हुन् ।

 

अन्तरआवद्धतासँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने झन्झट अन्त्य भएको छ ।

 

गृहमन्त्री अर्यालले यस बारेमा जानकारी दिदै भने- 'गृह मन्त्रालय सञ्चालनमा रहेको केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआबद्धता गरी राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्तासहितको आवेदन फारम भर्न नपर्ने बनाइ सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउँदा नागरिकलाई भलन्झटरहित सेवा उपलब्ध गराउनेगरी सेवा शुरु गरेका छौं । 

 

मन्त्रालयका अनुसार हाल १२ वटा सार्वजनिक सेवासँग अन्तरआवद्धता भइसकेको छ । यसबाट दोहोरो काम घटेको, राज्यकोषमा बचत भएको तथा आर्थिक र सामाजिक अपराध नियन्त्रणमा समेत सहयोग पुगेको जनाइएको छ । राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा व्यक्तिको पहिचान र प्रमाणीकरण गरी नागरिकका वैयक्तिक तथा जैविक विवरण प्रयोग गरेर प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गरिएको छ । यसले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

 

गृह मन्त्रालयका अनुसार हाल दैनिक करिब ६ हजारदेखि ८ हजारसम्म सेवाग्राहीले नयाँ व्यवस्थाबाट सेवा लिइरहेका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार