- शनिबार बिहान मन्दिरमा भजन गाएको विषयमा भएको विवादपछि दुई समुदायबीच तनाव भएपछि निमित्त प्रमुख जिल्ला अधिकारीले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका छन् ।
बुटवल: जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
शनिबार बिहान मन्दिरमा भजन गाएको विषयमा भएको विवादपछि दुई समुदायबीच तनाव भएपछि निमित्त प्रमुख जिल्ला अधिकारीले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका छन् ।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिकाका पूर्वतर्फ बर्गदी पुल, पश्चिमतर्फ बहादुरगंज चोक, उत्तरतर्फ महाराजगंज बजार र दक्षिणतर्फ हर्दौनामा निषेधाज्ञा जारी गरिएको छ ।
प्रशासनले यी क्षेत्रमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिएको छ । साथै आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गरिने उल्लेख छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’