शपथ ग्रहण हुने छाँटकाँट देखिएन, किताब बेच्न हिडे- महावीर पुन
२०८२ चैत्र ०५ विहीवार
- पोखरा महानगरका मेयर धनराज आचार्यलाई कटाक्ष गरेर गाह्रो पिरो नमान्नु भन्दै आफु किताब बेच्न निस्किएको बताएका हुन् ।
काठमाडौँ: म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथको टुंगो नभएको भन्दै आफू पुनः पुस्तक बेच्न निस्किएको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले शपथको टुंगो नभएको भन्दै पोखरा महानगरका मेयर धनराज आचार्यलाई कटाक्ष गरेर गाह्रो पिरो नमान्नु भन्दै आफु किताब बेच्न निस्किएको बताएका हुन् ।
उनले भनेका छन्- -शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन । त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्ने छु। चुनाव सकिएपछि म्याग्दीको छ वटा पालिकामा गएर जनप्रतिनिधि र गाउँलेहरूसँग विकास र बजेट सम्बन्धी पहिलो चरणको छलफल सकियो। अनि के गरेर बस्ने त नि मेयर साहब ? गाह्रो पिरो नमान्नु होला।’
पुनलाई केहिदिन अघि पोखरा महानगरका मेयर आचार्यले सडकमा नबस्न सुझाव दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।