चिनिया राष्ट्रपतिको पुस्तक जलाएको विषयमा कारबाही अघि बढाउन प्रहरीलाई सरकारको निर्देशन
२०८२ चैत्र ०३ मङ्गलवार
- चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक जलाइएको विषयमा गृह मन्त्रालयले प्रहरीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
काठमाडौँ: मोरङको बूढीगंगामा रहेको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक जलाइएको विषयमा गृह मन्त्रालयले प्रहरीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
उक्त घटनाप्रति काठमाडौँस्थित चिनियाँ दूतावासले कूटनीतिक पत्रमार्फत गम्भीर चासो व्यक्त गरेपछि परराष्ट्र मन्त्रालयले गृहलाई पत्राचार गरेको थियो।
सोही पत्रका आधारमा गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो।
मित्रराष्ट्रका राष्ट्र प्रमुखको मानमर्दन हुने गरी भएको यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बुझिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’