पोखरा महानगरका प्रमुख आचार्यसँग जर्मनीका राजदूत भोल्जको शिष्टाचार भेट
३ चैत्र, २०८२, मगलवार
- पोखरा महानगरपालिकामा भएको भेटवार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ । सो क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा सञ्चालन भइरहेका विभिन्न परियोजनाको प्रगति बारे जानकारी गराउँदै केही नीतिगत विषय कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।
पोखरा: नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेट गरेकाछन् ।
पोखरा महानगरपालिकामा भएको भेटवार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ । सो क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा सञ्चालन भइरहेका विभिन्न परियोजनाको प्रगति बारे जानकारी गराउँदै केही नीतिगत विषय कार्यान्वयनको चरणमा रहेको बताएका छन् ।
जर्मन सहयोगमा दिगो विकास, आर्थिक वृद्धि र वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको जिआइजेडको सहयोगमा तयार गरिएको पाँच वर्षे नगर ऊर्जा योजना कार्यान्वयनको चरणमा रहेको पनि उनले उल्लेख गरेका छन् । योजना अनुसार गरिबी न्यूनीकरण र वैकल्पिक ऊर्जाको प्रयोग बढाउन थप सहकार्यका लागि आफूहरू तयार रहेको उनको भनाइ छ ।
यसैगरी आचार्यले पोखरामा पर्यटन पूर्वाधार विकास, सांस्कृतिक आदानप्रदान तथा जर्मनीका सहरहरूसँग भगिनी सम्बन्ध विस्तार गर्न इच्छा व्यक्त गर्दै यसका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका छन् । उनले पोखरा-जर्मनीबीच अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि समेत सहयोग गर्न अनुरोध गरेका छन् ।
जवाफमा राजदूत भोल्जले पहिलो पटक पोखरा भ्रमण गर्दा सहर निकै सुन्दर लागेको बताए । हिमालको काखमा अवस्थित पोखराको विकास, समृद्धि र वातावरणीय सुधारका क्षेत्रमा सहकार्य गर्न सकिने उनले उल्लेख गरेका छन् । नेपाल र जर्मनीबीचको कूटनीतिक सम्बन्ध दीर्घकालीन सहकार्यमा आधारित रहेको बताउँदै ऊर्जा दक्षता, वातावरण सुधार र पर्यटन प्रवर्द्धनमा थप सहकार्य गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
भेटवार्तामा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना लगायतको सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।