प्रधानमन्त्री कार्कीबाट काठमाडौँ प्रशासन कार्यालयको सेवा प्रवाहको निरीक्षण

२०८२ चैत्र ०२ सोमवार
सारांश
  • प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको निरीक्षण गरेकी छिन् ।

काठमाण्डौ, ०२ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको निरीक्षण गरेकी छिन् ।

 

बबरमहलस्थित कार्यालय पुगेर उनले सेवामा प्रयोग भइरहेको सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) को जानकारी लिएको र सेवाग्राहीसँग प्रत्यक्ष अन्तर्क्रिया गरेकी थिईन ।

 

सो अवसरमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यालयमा सूचना प्रविधिमा आधारित प्रणाली लागू गरी सेवा छिटो र झन्झटरहित रुपमा प्रदान भइरहेको जानकारी दिए । उनका अनुसार, सेवाग्राहीले टोकन लिएर निश्चित समयमा सेवा लिन सक्ने हुँदा गुनासा शून्य भएको र बिचौलियाको भूमिका समाप्त भएको छ । दैनिक करिब एक हजार सेवाग्राही आउने यस कार्यालयमा प्रत्येक काउन्टर र शाखाको सीसीटीभीबाट अनुगमन गर्न सकिन्छ। साथै, सेवाग्राहीका लागि वाईफाई, तातो पानी र चिसो पानीको सुविधा उपलब्ध गराइएको छ ।

 

प्रजिअ पौडेलले जेनजी आन्दोलनका क्रममा युवाले उठाएको सुशासनको आवाजलाई सम्बोधन गर्दै यो प्रणाली लागू गरिएको र यसलाई जेनजी योद्धाहरुमै समर्पित गरिएको जानकारी दिए । उनले स्थानीय तहहरुसँग समन्वय गरी यस प्रणाली कार्यान्वयन गरिएको पनि उल्लेख गरे ।

 

प्रधानमन्त्री कार्कीले जनतालाई सहज र छिटो सेवा प्रवाह गर्न यो प्रणाली महत्वपूर्ण रहेको र देशभरका उच्च चाप भएका कार्यालयमा लागू गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्- 'जेनजी युवाले सडकमा उठाएको सुशासनको आवाज सम्बोधन गर्न काठमाडौँ प्रशासनले सुरु गरेको यो नमुना कार्य प्रशंसनीय छ । अब यसलाई देशभर विस्तार गर्नुपर्छ ।'

 

पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीले न्यायालयमा पनि यस्तै प्रणाली लागू गर्ने योजना भएको स्मरण गर्दै प्रशासन कार्यालयमा देखेको कार्यलाई उदाहरणीय भनेकी थिइन् । अनुगमनमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार