- टी-२० विश्व कप जितेका भारतीय क्रिकेटर शिवम दुबे अहिले रेलमा चढेका कारण चर्चामा रहेका छन् ।
काठमाण्डौ, २८ फाल्गुण । टी-२० विश्व कप जितेका भारतीय क्रिकेटर शिवम दुबे अहिले रेलमा चढेका कारण चर्चामा रहेका छन् ।
अहमदावादमा भएको फाइनलपछि दुवे अहमदाबादबाट मुम्बई रेलमार्फत गुपचुप रूपमा मुम्बई पुगेको विषय अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले सायाजी एक्सप्रेसको एसी-३ कोचको अपर बर्थमा कसैले नाचिनुन भनेर लुकेर यात्रा गरेका थिए ।
यात्राका क्रममा टिकट चेक गर्न टीटीले नाम सोध गर्दा उनकी पत्नी अन्जुमले तुरुन्तै उत्तर दिई दुबेको पहिचान लुकाएकी थिइन् ।
अहमदाबादको नरेंद्र मोदी रङ्गशालामा फाइनल जितेपछि दुबे सोमवार बिहान करिब ५: १० बजे रेलबाट मुम्बईका लागि प्रस्थान गरेका थिए । उनले आफ्नो परिचय लुकाउन क्याप, मास्क र फुल स्लीभ टी-शर्ट लगाएका थिए । रेलमा पुग्दा उनले एसी–३ कोचको माथिल्लो बर्थमा सुतेर रेलवे कम्बल ओढेका थिए । करिब आठ घण्टाको यो यात्रापछि बोरीवली स्टेशनमा पुग्दा भिडभाडको चिन्ता भएपछि दुबेले प्रहरीको सहयोग लिएर सुरक्षित रूपमा स्टेशन छोडेको बताइएको छ ।
उनी छिटो मुम्बई जानु पर्ने भएको र फ्लाइटको टिकट नपाएपछि रेलको यात्रा गरेको बताइएको छ ।
टी-२० वर्ल्ड कपमा दुबेले फिनिशरको भूमिका निर्वाह गर्दै २३५ रन बनाएका थिए । फाइनलमा पनि उनले अन्तिम ओभरमा ३ चौका र २ छक्का लगाएर भारतको स्कोर २५० पार पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।