नक्कली प्रमाणपत्र पेश गरेका प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्धा दायर
२६ फाल्गुन, २०८२, मगलवार
- श्रोतका अनुसार, मुक्त नारायण श्रेष्ठले आफ्नो पदोन्नतिका लागि पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरी आएको थियो। आयोगको अनुसन्धानले देखाएको छ कि उनले नेपाल प्रहरी सेवामा प्रहरी सहायक निरीक्षकको पदमा बढुवा पाउन दिल्ली, भारतस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी प्रमाणपत्रहरू झूट्टा र नक्कली पेश गरेका थिए ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
श्रोतका अनुसार, मुक्त नारायण श्रेष्ठले आफ्नो पदोन्नतिका लागि पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरी आएको थियो। आयोगको अनुसन्धानले देखाएको छ कि उनले नेपाल प्रहरी सेवामा प्रहरी सहायक निरीक्षकको पदमा बढुवा पाउन दिल्ली, भारतस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी प्रमाणपत्रहरू झूट्टा र नक्कली पेश गरेका थिए ।
यसरी पद प्राप्त गरी नेपाल सरकारबाट निवृत्त भरणसहितको हैसियत, लाभ र सुविधा लिइसकेको हुनाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।