- ओखलढुंगामा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिष्पर्धा देखिएको छ ।
काठमाडौँ । ओखलढुंगामा नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिष्पर्धा देखिएको छ ।
मत गणनाको पछिल्लो अपडेट अनुसार नेपाली काँग्रेसका कुमार लुइँटेल १७ मतले फेरी अगाडी आएका छन् । लुइँटेलले १३ हजार ७८२ मत प्राप्त गरेका छन् ।
त्यस्तै रास्वपाका विश्वराज पोखरेलले १३ हजार ७३५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार ५८ मत प्राप्त गरेका छन् भने एमालेकी अस्मिता थापाले १० हजार ४४० मत प्राप्त गरेकी छन् ।
ओखलढुंगामा अहिलेसम्म ५७ हजार ७७१ मत गणना भएको छ, जसमा सदर मत ५४ हजार ५२२ रहेको छ भने बदर मत ३ हजार २४९ मत रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’