- सर्लाहीमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् ।
सर्लाही । सर्लाहीमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् । चारै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनीहरू विजयी भएका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन् । भण्डारीले ४४ हजार १८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ७ हजार ८७१ मत पाएका छन् ।
यसैगरी, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका उम्मेदवार रबिन महतो विजयी भएका छन् । उनले ४२ हजार ५१२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । महतोका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार महिन्द्र राय यादवले ८ हजार ५२३ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजेन्द्र महतोले ५ हजार ९९२ मत ल्याएका छन् ।
यस्तै, सर्लाही–३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत प्राप्त गरेका छन् । कलवारले श्रेष्ठलाई ३३ हजार ५ सय ५२ मतान्तरले पराजित गरेका छन् ।
यस्तै, सर्लाही–४ मा रास्वपाका उम्मेदवार डा. अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । सिंहले थापालाई १२ हजा ८५७ मतले हराएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।