मकवानपुर–२ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी, बर्तौलालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित
२०८२ फाल्गुण २४ आइतवार
- मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन् ।
हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन् । आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उप्रेतीले ३१ हजार ७ सय २५ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बर्तौलालाई १२ हजार १ सय १ मतान्तरले पराजित गरेका छन् । बर्तौलाले १९ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ४ सय ३६ मत पाएका छन्। नेकपाका उम्मेदवार लवशेर विष्टले १२ हजार ७ सय ५४ मत प्राप्त गरेका छन् ।
उप्रेतीको जितसँगै मकवानपुर–२ मा रास्वपाले प्रतिनिधिसभामा आफ्नो उपस्थितिलाई थप मजबुत बनाएको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै समर्थकहरूले हेटौँडामा विजयोत्सव मनाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’