रामेछापमा प्रतिनिधि सभा मतगणना : रास्वपाका कृष्णहरि बुढाथोकी अग्रस्थानमा
२०८२ फाल्गुण २४ आइतवार
- रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी अग्रस्थानमा छन् ।
रामेछाप । रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी अग्रस्थानमा छन् ।
हालसम्म ५९ हजार ६७४ मत गणना हुँदा बुढाथोकीले १६ हजार ७८ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेलले पछ्याइरहेका छन्। ढुंगेलले हालसम्म ११ हजार ८२३ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्काले ११ हजार ४३२ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपाका उम्मेदवार श्यामकुमार श्रेष्ठले ९ हजार २५९ मत पाएका छन् भने उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले ५ हजार ४५४ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङ्गी मगरले १ हजार १७३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोरे तामाङले ३१४ मत पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ९० हजार ७१० मत खसेको थियो। हालसम्मको मतगणनामा ३ हजार ५७२ मत बदर भएको छ । मतगणना कार्य अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’