- प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।
काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।
समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २० लाख ३९ हजार ५४३ मत गणना भएको छ ।जसमा रास्वपाले ११ लाख १ हजार ५२५ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ५४ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले ३ लाख ६२ हजार ४२० मत अर्थात १७.८ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले २ लाख ९१ हजार १५१ अर्थात् १४.३ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले १ लाख २७ हजार १९१ मत प्राप्त गरेको छ भने राप्रपाले ७८ हजार ३२४ मत पाएको छ ।
त्यस्तै श्रम संस्कृति पार्टीले ४५ हजार ९४ मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले २५ हजार २०८ मत प्राप्त भएको छ । त्यसैगरी जसपा नेपालले १६ हजार ७१८ मत प्राप्त गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’