- बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ ।
बाजुरा । बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरुको धरौटी जफत भएको हो ।
बाजुरामा कुल ४३ हजार ८९६ मत सरद हुँदा धरौटी जोगाउन ४ हजार ३९० मत आवश्यक थियो। तर यी पाँच उम्मेदवारले सो मत ल्याउन नसक्दा धरौटी जोगाउनबाट पछी परेका हुन् ।
धरौटी जफत हुनेमा नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाह, राप्रपाका केशर बहादुर शाही, प्रलोपाका दिपक डिसी, माओवादीका भुपेन्द्र विक र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही रहेका छन् ।
नेकपाका शाहले ३ हजार ३ सय १,राप्रपाका शाहीले ३ सय ५२ प्रलोपाका डिसीले ९७ माओवादीका विकले ३ सय ३३ र स्वतन्त्रका शाहिले ७२ मत मात्रै प्राप्त गरेका हुन् । कुल खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ ।
निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले दश हजार रुपैयाँ धरौटी राख्नुपर्छ । उक्त दफाको उपदफा (२) मा महिला र दलित वा अल्पसंख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका–२०८२ को दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दस प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ ।प्रतिनिधिसभा सदस्य बन्न चाहने व्यक्तिले १० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ ।
बाजुरामा आठ उम्मेदवार चुनावी मैदानमा थिए । एमालेका लाल बहादुर थापालाई ५४० मतले पछाडी पार्दै कांग्रेसका जनकराज गिरीले जित हासिल गरे। गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्दा एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका हुन् । त्यस्तै रास्वपाका हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गरेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।