क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा
काठमाण्डौ, २३ फाल्गुण ।
- प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्ब ३ बाट भारी मतका साथ विजय प्राप्त गरेका रास्वपाका मनिष झाले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।
जनकपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्ब ३ बाट भारी मतका साथ विजय प्राप्त गरेका रास्वपाका मनिष झाले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन् । आज बिहान २ बजे नतिजा सार्वजनिक भएसंगै उनलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । उनले जानकी मन्दिर पुगेर पूजापाठ गर्दै जानकी माताको आशिर्वाद लिएका छन् ।
सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै रास्वपाका प्रवक्ता समेत रहेका झाले अब धनुषाको हरेक क्षेत्रको विकास गर्ने प्रतिबद्धता जाहेर गरे । उनले खानेपानी, सरसफाई, पर्यावरण, भौतिक संरचनामा रणनितिक लगानीदेखि संस्कृतिक धरोहरहरुलाई सूचिकरण गर्ने पक्रिया अगाडि बढाउने बताए । झाले विशेष गरी जनकपुर रेल्वे र जनकपुर एयरपोर्टलाई आर्थिक लाभ लिनसक्ने केन्द्रको रुपमा आधार बनाउन रणनितिक प्रक्रिया अगाडि बढाउने बताए । उनले राजनितिमा प्राथमिकताहरु सँधै यतावत नरहिरह्ने हुनाले चुनौतीहरु परिवर्तन भइरहेसंगै प्राथमिकताहरु पनि परिवर्तन हुँदै जाने बताए ।
रास्वपाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा रहेका १०० वटा बुँदाहरु धनुषाका लागि पनि यथावत रहने तर त्यस बाहेक पनि जनकपुर र धनुषामा गर्नुपर्ने कार्यहरु अझ रहेको झाले जानकारी दिए । झाले सरकार र सदन गठन भएपछि पार्टीले निर्धारण गरे क्याबिनेटमा बस्ने÷नबस्ने बारे विचार गर्ने बताए । उनले सक्षम व्यक्तित्वहरुको कमि नरहेकाले क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुने जानकारी दिए ।
सैद्धान्तिक रुपमा रास्वपाको परिवर्तनको एजेन्डामा समाहित जनाएर गठबन्धन गर्न कुनै दल वा पार्टीले इच्छा जाहेर गरे रास्वपाले ती पार्टी र दललाई स्वागत गर्ने झाले स्पष्ट पारे । उनले संख्यात्मक गठबन्धन भने नगर्ने बताए । झा ४३९८८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजय भएका हुन् । उनको निकट प्रतित्बन्धी नेपाली कांग्रेसका बिमलेन्द्र निधिले जम्मा १६६५२ मत प्राप्त गरेका थिए भने तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी जुली महतोले ९७८६ मत मात्र प्राप्त गरेकी थिइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।