निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्छु- महेश बस्नेत
२०८२ फाल्गुण २३ शनिवार
- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर-२ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन् ।
काठमाण्डौ, २३ फाल्गुण । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर-२ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन् ।
सो क्षेत्रमा एमालेका तर्फबाट उम्मेदवार बनेका बस्नेतले यसपटकको नतिजा आफ्नो पक्षमा नआए पनि लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुने भन्दै त्यसलाई स्वीकार गरेको बताएका हुन् ।
निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिब खत्रीलाई उनले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
बस्नेतले सूर्य चिन्हमा मतदान गरी आफूलाई विश्वास गर्ने सबै मतदाता तथा चुनावी अभियानमा दिनरात खटिएका पार्टीका नेता-कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
उनले राजनीतिमा हार जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा गर्ने प्रतिबद्धता भने कहिल्यै कमजोर नहुने बताएका छन् । आगामी दिनमा आफ्नो भूमिका रचनात्मक प्रतिपक्षको हुने उनले स्पष्ट पारेका छन् ।
बस्नेतले शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् । साथै जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँकी जीवन भक्तपुरको विकास र जनताको सेवामा समर्पित रहने बताएका छन् ।
भक्तपुर-२ मा मतगणना अन्तिम चरणमा पुगेको छ र पछिल्लो अपडेट अनुसार बस्नेतले केवल ८ हजार ३५१ मत प्राप्त गरेका छन् । त्यस्तै विजयुन्मुख रहेका रास्वपाका खत्रीले ३४ हजार ७०२ मत प्राप्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।