सिरहा- ३ का जसपा नेपालका उम्मेदवार ४ लाख नगदसहित पक्राउ

२०८२ फाल्गुण २० बुधवार
सारांश
  • सिरहा- ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव नगद पैसासहित पक्राउ परेका छन् ।

सिरहा, २० फाल्गुण । सिरहा- ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव नगद पैसासहित पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र- २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडी चेकजाँचका क्रममा यादवको गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार