सर्लाहीमा ३४ जना कैदीले मतदान गर्न पाउने

२०८२ फाल्गुण २० बुधवार
सारांश
  • कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरूलाई समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् ।

सर्लाही, २० फाल्गुण । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका ३४ जना कैदी बन्दीले मतदान गर्न पाउने भएका छन् । कारागार कार्यालय मलंगवामा कैद भुक्तान गरिरहेका र मतदाता नामावलीमा नाम समावेश भएका उनीहरूलाई समानुपातिकतर्फ मतदान गर्न पाउने भएका हुन् ।

 

निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी तथा कैदी बन्दीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउने प्रावधान छ । सोही प्रावधानअनुसार सर्लाहीमा चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

 

कारागार कार्यालय मलंगवा, जिल्ला समन्वय समिति मलंगवास्थित तीनबिघे चौर, सशस्त्र प्रहरी बल नेपालको कविलासी अगर्बा गण अगाडिको गोलघर तथा पाँचकुमारी खेल मैदान पुर्नबासमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

 

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलका अनुसार समानुपातिकतर्फ मतदान गर्न पाउने कैदी बन्दी ३४ जनासहित कर्मचारी, सेना र प्रहरी गरी कुल ६ हजार ८७ जना मतदाता रहेका छन् ।

 

प्रत्येक अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी गरी तीन जनाको टोली खटाइने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार