- कास्की जिल्लाभित्रका सम्पूर्ण रात्रीकालीन व्यवसायहरू फागुन १८ देखि अर्को सूचना नआउँदासम्म राती ९ बजे पछि बन्द गर्न जिल्ला प्रशासन कार्यलयले निर्देशन दिएको हो ।
पोखरा, १६ फाल्गुण । कास्की जिल्ला प्रशासन कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि रात्रीकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्ने भएको छ ।
कास्की जिल्लाभित्रका सम्पूर्ण रात्रीकालीन व्यवसायहरू फागुन १८ देखि अर्को सूचना नआउँदासम्म राती ९ बजे पछि बन्द गर्न जिल्ला प्रशासन कार्यलयले निर्देशन दिएको हो ।
यसअन्तर्गत होटल, रेष्टुरेन्ट, मदिरा व्यवसाय, क्लब, दोहोरी साँझ, डान्स बार, स्पा सेन्टर लगायतका सबै व्यवसाय राति ९ बजेदेखि बन्द हुने भएका छन् ।
साथै, सुरक्षा निकायद्वारा कार्यान्वयनको सूक्ष्म अनुगमन गरिने र उल्लङ्घन गर्ने वा सार्वजनिक शान्ति, सुरक्षा तथा सद्भाव विथोल्ने गतिविधि गर्ने व्यक्ति/संस्थाप्रति प्रचलित कानून अनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’