११ दल र एक हजार ६७० उम्मेदवारले खोले बैंक खाता

२०८२ फाल्गुण १६ शनिवार
सारांश
  • प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि चुनावी खर्चको पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालनको व्यवस्था गरेको छ ।

काठमाण्डौ, १६ फाल्गुण । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को लागि चुनावी खर्चको पारदर्शिता सुनिश्चित गर्न निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालनको व्यवस्था गरेको छ ।

 

आयोगले जारी गरेको कार्यविधिअनुसार राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसारका लागि लिने आर्थिक सहयोग र खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

आयोगले अद्यावधिक विवरणअनुसार ११ राजनीतिक दल र एक हजार ६७० उम्मेदवारले बैंक खाता खोलेको र सम्बन्धित कार्यालयमा जानकारी गराएको जनाएको छ । यस व्यवस्थाले चुनावी खर्चको निगरानी गर्न र निर्वाचन कानुनले तोकेको खर्चको सीमा पालनामा सहयोग पुर्‍याउने आयोगको विश्वास रहेको छ ।

 

यसैबीच, निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ अनुसार राजनीतिक दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोग र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था पनि लागू गरिएको छ। हालसम्म ४३ वटा राजनीतिक दलले आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोगमा जानकारी गराएको आयोगले जानकारी दिएको छ ।

 

आयोगले यस प्रक्रियाले चुनावी प्रचारप्रसारमा पारदर्शिता बढाउने र आम्दानी-खर्चको निगरानी प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार