- जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १० बजेदेखि कर्फ्यू स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रौतहट, ११ फाल्गुण । रौतहट जिल्लाको गौर क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १० बजेदेखि कर्फ्यू स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि मिति २०८२ फागुन ९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो । कर्फ्यू आदेशअनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको थियो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको उक्त आदेश जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले हटाउने निर्णय गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।