- जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १० बजेदेखि कर्फ्यू स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रौतहट, ११ फाल्गुण । रौतहट जिल्लाको गौर क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १० बजेदेखि कर्फ्यू स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि मिति २०८२ फागुन ९ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो । कर्फ्यू आदेशअनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनमा रोक लगाइएको थियो ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी गरिएको उक्त आदेश जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले हटाउने निर्णय गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’