त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

८ फाल्गुन, २०८२, शुक्रवार
सारांश
  • शुक्रबार बिहान पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीया अफसाना आमिर हुसेन शेख रहेका छन् ।

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

 

शुक्रबार बिहान पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीया अफसाना आमिर हुसेन शेख रहेका छन् ।

 

विमानस्थल सुरक्षा कार्यालय तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले मोहम्मद जुनैद र समीना अख्तरको साथबाट करिब ३ किलो ८७० ग्राम तथा अफसानाको साथबाट करिब ७ किलो ४ सय ग्राम लागूऔषध बरामद गरेको जनाएको छ ।

 

पक्राउ परेकालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार