अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस आज मनाइँदै

२०८२ फाल्गुण ०८ शुक्रवार
सारांश
  • यस वर्षको नाराले समाजका विभिन्न वर्गबीच रहेका असमानता, विभेद र अवसरको खाडल कम गर्दै समावेशी विकासमार्फत सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यलाई प्राथमिकता दिएको छ ।

काठमाण्डौ, ०८ फाल्गुण । हरेक वर्ष फेब्रुअरी २० तारिखमा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

 

यस बर्षको अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको मुख्य विषयवस्तु 'समावेशीतालाई सशक्त बनाउँदै सामाजिक न्यायका लागि अन्तर घटाउने' भन्ने तय गरिएको छ । उक्त विषयवस्तु दक्षिण अफ्रिकी सरकार, ट्विन्कल र आरईएलएक्स दिगो विकास लक्ष्य स्रोत केन्द्रले पहिचान गरेका हुन् ।

 

यस वर्षको नाराले समाजका विभिन्न वर्गबीच रहेका असमानता, विभेद र अवसरको खाडल कम गर्दै समावेशी विकासमार्फत सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्यलाई प्राथमिकता दिएको छ । विशेषगरी कमजोर, सीमान्तकृत तथा अवसरबाट वञ्चित समुदायलाई सशक्त बनाउने दिशामा विश्वव्यापी पहल आवश्यक रहेकोमा जोड दिइएको छ ।

 

सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्रसंघको महासभाले सामाजिक न्यायको दिवस मनाउने घोषणा गरेको थियो । सोहीअनुसार सदस्य राष्ट्रले बर्सेनि यो दिवस मनाउँदै आएका छन् । यो मानवजातिसँग अभिन्न रूपमा गासिएको दिवस हो । समाजका सबै सदस्य समान वा बराबर हुन् भन्ने धारणा नै सामाजिक न्याय हो ।

 

यस दिवसले गरिबी न्यूनीकरण, सम्मानजनक रोजगारी, लैङ्गिक समानता तथा सामाजिक समावेशीताजस्ता विषयमा विश्व समुदायलाई एकताबद्ध हुन आह्वान गर्दै आएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार