विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जनालाई प्रहरीले गर्यो सार्वजनिक
२०८२ फाल्गुण ०५ मङ्गलवार
- रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ, ०५ फाल्गुण । रोजगारीका लागि विदेश पठाउने भन्दै ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको चार जनालाई सोमबार सार्वजनिक गरेको हो ।
झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र काठमाडौँ तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामालाई सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै ५० लाख, निरौलाले टर्की पठाउने भन्दै दुई लाख तीन हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको थियो ।
यस्तै, श्रेष्ठले रोमानिया पठाउने भन्दै सात लाख ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको थियो ।
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’