महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व हो ओली

२०८२ फाल्गुण ०३ आइतवार
सारांश
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व रहेको बताएका छन् ।

काठमाण्डौ, ०३ फाल्गुण । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने पर्व रहेको बताएका छन् ।

 

आज महाशिवरात्रि पर्वको अवसरमा सामाजिक संजाल फेसबुकमार्फत शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामथ्र्य, विषको पीडा सामना गरेर शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएको बताएका हुन् ।

 

‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकार लगायत सबै पाटबाट निकालेर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन्’ उनले लेखेका छन् । ‘ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामथ्र्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएका छन ।’

 

उनले बाहिरको कोलाहलमा नभइ भित्रको विवेकमा सत्य निहित रहेको उल्लेख गर्दै यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होस् भन्ने कामना गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार