सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
२०८२ माघ २८ बुधवार
- बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले नियामकीय तथा सुपरिवेक्षकीय अभ्यास मजबुत बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।
काठमाडौँ: काठमाडौंमा ‘सम्पत्ति शुद्धीकरण विरोधी र आतंकवादको वित्तपोषणविरुद्ध लड्ने समसामयिक मुद्दाहरू’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले सम्मेलन आयोजना गरेको हो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल हाल एफएटीएफको ‘ग्रे-लिस्ट’मा रहेको सन्दर्भमा सम्पत्ति शुद्धीकरण निवारणका लागि बैंकिङ, बीमा, पुँजीबजार, सहकारीलगायत सबै सरोकारवाला निकायको साझा प्रतिबद्धता आवश्यक रहेको बताए । उनले ग्रे-लिस्टलाई चुनौतीका साथै आन्तरिक संयन्त्र सुदृढीकरण गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए ।
बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले नियामकीय तथा सुपरिवेक्षकीय अभ्यास मजबुत बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।
सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र मङ्गोलियाका विज्ञहरूको सहभागिता रहेको छ ।
पहिलो दिन नेपालमा एएमएल/सीएफटीको वर्तमान अवस्था र व्यापारआधारित सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल छलफल सम्पन्न भएको थियो । दोस्रो दिन नियामकीय उपकरण, ग्रे-लिस्टबाट बाहिरिने अनुभव तथा वित्तीय जानकारीको प्रयोगसम्बन्धी विषयमा थप कार्यपत्र र छलफल हुने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल ग्रे-लिस्टमा परेको अवस्थालाई मध्यनजर गर्दै कानुनी, नीतिगत तथा कार्यान्वयन पक्ष सबलीकरणका लागि सम्मेलन परिणाममुखी हुने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।