- विष्टले १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ अनियमितता गरेको भन्दै सोहि बराबरको रकम बिगो माग गर्दै मुद्धा दायर गरेको अख्तियारले जानकारी दिएको हो ।
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्टविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विष्टले १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ अनियमितता गरेको भन्दै सोहि बराबरको रकम बिगो माग गर्दै मुद्धा दायर गरेको अख्तियारले जानकारी दिएको हो ।
विष्टले सार्वजनिक वामा रहँदा पदको दुरुपयोग गरी वैधानिक आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उनीविरुद्ध उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँको स्रोत नखुले पाइएको थियो ।
अख्तियारले नियुक्ति मिति २०७६ फागुन १ गतेदेखि २०८१ साउन १४ गतेसम्मको अवधिको अनुसन्धान गरेको जनाएको छ ।
अख्तियारले गैरकानुनी सम्पत्ति प्रयोगमा संलग्न देखिएको भन्दै बिष्टका बुबा सुदर्शन विष्टलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी कायम गरेर मुद्धा दायर गरेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’