वीरगञ्जमा अवैध गोदाममा छापा मार्दा आक्रमण : तीन सशस्त्र प्रहरी घाइते, गाडीमा क्षति
२०८२ माघ २६ सोमवार
- आक्रमणकारीको ढुंगामुढाबाट सशस्त्र प्रहरीका दुईवटा सवारी साधनमा समेत क्षति पुगेको छ ।
रौतहट: पर्साको वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा अवैध रूपमा सञ्चालन गरिएको एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
आक्रमणकारीको ढुंगामुढाबाट सशस्त्र प्रहरीका दुईवटा सवारी साधनमा समेत क्षति पुगेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन केसीका अनुसार स्थानीय मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा कपडा भण्डारण गरिएको सूचनाका आधारमा सोमबार छापा मारिएको थियो ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले उक्त स्थानबाट करिब ५ लाख रुपैयाँ बराबरको ५ पोका कपडा बरामद गरेको छ ।
सामान बरामद गरेर लैजाने क्रममा आक्रोशित तस्करको समूहले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए । सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आक्रमणबाट सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीको सिसा फुटेको छ । झडपमा परी ३ जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् ।
घाइते सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको कपडा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान र खोजी भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।