अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२ माघ २३ शुक्रवार
- वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ, २३ माघ । वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे पाँचखल नगरपालिका-३ घर भएका ३५ वर्षीय रूपेश लामिछाने र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने धादिङ खनियाबास गाउँपालिका-३ घर भएका ३५ वर्षीय हिरा तामाङ रहेका छन् ।
पक्राउ मध्ये रूपेशले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ र हिराले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूपेशलाई काठमाडौं महानगरपालिका-३२ बाट र हिरालाई ललितपुर, ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’